एउटा समाज शिक्षित हुन त्यो समाजका मान्छेहरु सबै शिक्षित हुनुपर्छ र समाज विकासकालागि गुणस्तरिय शिक्षा अपरिहार्य हुन्छ नै । यही कुरालाइ मध्य नजर राखेर हाल अमेरिकामा रहंदै आएका छोरा शरद आचार्य र बुहारी नम्रता आचार्य गुरागाईंले दिबंगत ममतामयी मातापिता स्व.रुद्र प्रसाद आचार्य र भबानी आचार्यका नाममा गतवर्षदेखि धुलिखेल नगरपालिका अन्तर्गत पर्ने स्थानिय श्री शंखेश्वर महालक्ष्मी माध्यामिक विद्यालयमा रुद्र-भबानी छात्रवृति अक्षयकोषको स्थापना गरेका छन । उक्त अक्षयकोषको राशी रु २००००० रहेको छ । विद्यालयको संचालक समितिको सहमती र संझौतामा राखिएको उक्त कोषबाट वर्षेनी आउने ब्याजले प्राथमिक विद्यालय र निम्न माध्यामिक विद्यालयमा प्रथम भइ उतिर्ण हुने विद्यार्थिलाइ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । २०७४ सालमा स्थापित उक्त अक्षयकोषले दिएको पहिलो पुरस्कार यस वर्ष कक्षा ५ र कक्षा ८ का छात्रछात्राहरु क्रमशः नयन बुद्घाचार्य र अनिसा धितालले जनही रु १०,००० पाएका छन । उक्त पुरस्कार स्व.मातापिताकै छोरी गीता घिमिरेले २०७५-१-११ मा विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गर्नु भएको थियो । संसारमा अजम्बरी केही हुदैन, यो ध्रुवसत्य हो । समाजमा राम्रो काम गर्ने मान्छेका चाहनाहरुपनि अनगिन्ति हुन्छन तर ति चाहनाहरु सबैका पुरा नहुन सक्छन । स्व. रुद्रप्रसाद र स्व. भबानी आचार्यको शैक्षिक स्तर धेरै ठूलो नभएपनि उहांहरुले आफना सन्तानको शैक्षिक स्तर उकास्न ठुलो प्रयास गर्नुभयो । वहांहरुकै संझनामा राखिएको उक्त छात्रवृतिले गाउंकै विद्यालयका जेहेन्दार विद्यार्थिलाइ सहयोग पुग्ने आशा छोराबुहारीको रहेको छ । छात्रवृतिको उपयोगितालाइ हेरेर भविश्यमा यसलाइ बढाउंने उद्देश्य समेत रहेको छ । आशा छ यस अक्षयकोषले अरु विद्यार्थि भाइबहिनीहरुलाइपनि मेहनत गर्न प्रोत्साहन गराउने छ ।

Share This